खोटाङ । गायक गण्डकी चाम्लिङ र गायिका मेलिना राईको स्वरमा रहेको “चम्पाबेली, ए सिम्मा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गीतकार कृष्णश्री राईको शब्द रचना रहेको छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ याङशोलाका गायक चाम्लिङको पूर्वेली लयमा रहेको पूर्वेली लोकदोहोरी “चम्पाबेली, ए सिम्मा” बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो नयाँ वर्ष २०८१ को अवसर पारेर “गण्डकी चाम्लिङ अफिसियल” नामक युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको हो ।
खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ लगायतका विभिन्न ठाउँहरूमा छाँयाङ्कन गरिएको भिडियोमा उमा चाम्लिङ र गण्डकी चाम्लिङको मूख्य अभिनय रहेको छ भने तोरेम्पा हाङले सङ्गीत भरेका छन । भिडियोको निर्देशन पत्रकार भीम राईले गरेका छन् भने उत्साह राई र अन्योल राईको कोरियोग्राफी रहेको छ ।
जीवन सँस्कार बोल्ने गीतको रूपमा चित्रण गरिएको सो गीतमा किराँती संस्कार र जनजीवनलाई मौलिक र हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको देखिन्छ । जिन्दगी दुई दिनको हो र यही समयमा सार्थक रमाइलो जिन्दगी विताउनुपर्ने आशय रहेको गीतलाई दर्शक स्रोताहरूले अधिक रूचाएका छन् ।
गीतको सङ्गीत पक्ष अत्यन्त कर्णप्रिय रहेको छ भने जनजीवन सँस्कारलाई लोभलाग्दो तरिकाले वर्णित शब्दशिल्प र भिडियो अत्यन्त मनछुने रहेको दर्शकहरू बताउँछन् । गायक चाम्लिङको यो दोश्रो म्युजिक भिडियो हो । यसअघि बाइक बनाउदै बोलको गीतमा म्युजिक भिडियो बनाएका थिए ।
https://www.youtube.com/watch?v=OrO6puFbif8&list=UULFS3hfC94vajMKBbgrYXoiYw