शुक्रवार, भाद्र २६ गते २०८३

छुरा प्रहार गरी छिमेकीको हत्या गरेर फरार तीन आरोपित पक्राउ

छुरा प्रहार गरी छिमेकीको हत्या गरेर फरार तीन आरोपित पक्राउ

रोदिक खबर

३, बैशाख २०८१
  • 9.1K
    SHARES
  • छुरा प्रहार गरी छिमेकीको हत्या गरेर फरार तीन आरोपित पक्राउ

    खोटाङ । खोटाङमा छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ परेका छन् । नयाँ वर्षको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको निभारेका धनजीत राईको छुरा प्रयोग गरी हत्यामा संलग्न स्थानीय २२ वर्षीय विकाश राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई सोमबार पक्राउ परेका हुन् ।

    धनजितलाई छुरा प्रहार गरी फरार भएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको प्रहरीको टोलीले सोमबार रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भसुन्डास्थित धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा सोमबार बिहान साढे आठ बजेतिर पक्राउ परेका हुन् ।

    उनीहरूलाई कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बेनु कार्कीले बताए । शरीरका विभिन्न भागमा चोट लागेका धनजितको घट्नास्थलमै मृत्यु भएको थियो । उनलाई मादक पदार्थ सेवन गरेका तीन युवाले स्थानीय तिलकबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरेका थिए ।

    सुरुमा स्थानीय भीमबहादुर बस्नेत र तीन प्रतिवादीबिच झगडा भएको थियो । तीन प्रतिवादीले भीमबहादुरलाई घरैमा गएर कुटपिट गरेका थिए तर गाउँले भेला भएर झगडा मिलाएका थिए ।

    केही समयपछि पुःन भीमबहादुरले ‘धम्की’ दिएपछि उनीहरु पुःन भीमबहादुरको घरमा झगडा गर्न पुगेका थिए । त्यसको केही समयपछि भीमबहादुरको घर पुगेका धनजितले सम्झाउने क्रममा तीन प्रतिवादीले छुरा प्रहार गरेको स्थानीय उमेश राईले बताए ।

    प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - २०:२३:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको