• ट्रेण्डिङ:

‘देउन त्यो मन, यो लैजाउ जोवन’ बोलको म्युजिक भिडियो सार्वजनिक

‘देउन त्यो मन, यो लैजाउ जोवन’ बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

४, बैशाख २०८१
  • 12.3K
    SHARES
  • ‘देउन त्यो मन, यो लैजाउ जोवन’ बोलको म्युजिक भिडियो सार्वजनिक

    खोटाङ । लोकप्रिय लोकगायक खेम सेन्चुरी र लोक तथा दोहोरी गायिका कविता खत्रीको स्वरमा रहेको ‘देउन त्यो मन, यो लैजाउ जोवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गीतकार बिक्रमबाबु विश्वकर्माको शब्द रचना रहेको छ ।

    नन्दु परियारको लयमा रहेको लोकदोहोरी ‘देउन त्यो मन, यो लैजाउ जोवन’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो “कविता खत्री अफिसियल” नामक युट्युब च्यानलबाट सोमवार सार्वजनिक गरिएको हो ।

    मायाप्रितिमा आधारित गीतमा पुष्प खड्का र कविता नेपालीको अभिनय रहेको छ । काडमाडौंको उत्तरढोका, गणतन्त्र पार्क लगायतका विभिन्न ठाउँहरूमा छाँयाङ्कन गरिएको दश मिनेट २७ सेकेन्डको भिडियोमा नन्दु परियारले सङ्गीत भरेका छन् भने अशोक विश्वकर्माको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

    https://www.youtube.com/watch?v=r4edyMa3uAo

    प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - १३:१८:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको