काठमाडौं । कोरोना भाइरसको महामारीले अहिले विश्व ग्रस्त छ । जसमा नेपाल कोरोना संक्रमितको हिसाबले विश्वको ६७ औँ स्थानमा रहेको छ ।
यो महामारीका कारण अहिलेसम्म विश्वमा ७ लाख ७७ हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड २० लाख ४० हजार ४१२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ४७ लाख ८२ हजार ६९० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।अहिलेसम्म नेपालमा कोरोना भाइरसका कारण १०७ जनाको मृत्यु भएको छ भने २७ हजार ३१३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ हजार ४९५ जना संक्रमण मुक्त भएका छन् भने ९ हजार ६३९ जना स्वास्थ्योपचाररत छन् ।