खोटाङ । विद्युत सर्ट भएर आगोलागि हुँदा खोटाङमा २५ लाख बरावरको क्षती भएको छ । विद्युत सर्ट हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ स.छितापोखरी खुर्दुकेका शम्सेरबहादुर खड्काको टिनको छानो भएको दुई तले घर र नजिकै बनाइएको भान्छा घर जलेर नष्ठ हुँदा २५ लाख बरावरको क्षती भएको हो ।
आइतबार राती भएको आगलागीमा खड्काको २५ लाख बराबरको धन सम्पत्ती क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
आगलागीको जानकारी पाएपछि प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट प्रहरीको टोली घट्नास्थल पुगेको थियो । आगो सोमबार बिहान ६ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।