वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवका लागि मुल आयोजक समिति गठन

वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवका लागि मुल आयोजक समिति गठन

रोदिक खबर

११, बैशाख २०८१
  • 2.4K
    SHARES
  • वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवका लागि मुल आयोजक  समिति गठन

     खोटाङ । खोटाङको दिक्तेलमा आगामी बैशाख ३१ गतेदेखि हुने वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवका लागि मुल आयोजक समारोह समिति गठन गरिएको छ ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा आगामी बैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म दिक्तेलमा हुने वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव सम्पन्न गर्नका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा महोत्सव मुल आयोजक समारोह समिति गठन गरिएको हो ।

    वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवको तयारी स्वरुव जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको सर्वपक्षीय बैठकले जिल्ला समन्वय समितिको प्रमुख राईको संयोजकत्वमा मुल आयोजक समारोह समिति गठन गरेको हो । मुल आयोजक समारोह समितिको सदस्य सचिवमा नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई रहेका छन् ।

    यस्तै, महोत्सवका लागि नौ वटा उपसमिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन, नेपाल पत्रकार महासंघको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

    यस्तै, जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसी संयोजक, वरिष्ठ कराते प्रशिक्षक बिचारी तामाङ सहसंयोजक र फुटबल भलिवल प्रशिक्षक सागर राई सदस्य रहेको अतिथि स्वागत सत्कार उपसमिति, नेपाल आदिबासी जनजाती जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाको संयोजकत्वमा साँस्कृतिक झाँकी व्यवस्थापन उपसमिति, स्वास्थ्य कार्यालय खोटाङको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, सोनामहाङ राईको संयोजकत्वमा ध्वनी व्यवस्थापन उपसमिति, तेक्वान्दो प्रशिक्षक मोहन राईको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति तथा दिपक श्रेष्ठ र मिलन कसजु रहेको सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको हो ।

    अर्को बैठकबाट उपहार तथा मायाँको चिनो, सम्मानपत्र, ताम्रपत्र, कदरपत्र डिजाईन, ट्रफी, पदक र प्रमाणपत्र, व्यानर तथा पम्प्लेट निर्माण, मिडिया पार्टनरसँग समन्वय र सहकार्य गर्नका लागि थप उपसमिति गठन गरिने आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष राईले बताए ।

    जिल्लामा स्पोर्ट कल्चरको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुयाउने लक्ष्यका साथ प्रतिष्ठानले वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव गर्न लागेको हो ।महोत्सव अन्तरगत एथ्लेटिक्स (हाफ म्याराथन तथा अन्य दौड), राष्ट्रिय कविता प्रतियोगीता र १८ वर्षमुनिको खुल्ला गायन, खुल्ला राष्ट्रिय कराते प्रतियोगीता हुने अध्यक्ष राईले जानकारी दिए ।

    करिब ५२ लाखको खर्चमा महोत्सव सम्पन्न हुनेछन् । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यका साथ खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवको तयारी गरिएको हो ।(नेपाल वाइडबाट ।)

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - ०७:३३:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको