• ट्रेण्डिङ:

अरिङ्गाल पोल्न जाँदा एकको मृत्यु, एकजना घाइते

अरिङ्गाल पोल्न जाँदा एकको मृत्यु, एकजना घाइते

रोदिक खबर

३१, भाद्र २०७७
  • 3.8K
    SHARES
  • अरिङ्गाल पोल्न जाँदा  एकको मृत्यु,  एकजना घाइते

    धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन्।

    रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १३:५६:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको