• ट्रेण्डिङ:

सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

रोदिक खबर

३१, भाद्र २०७७
  • 1.8K
    SHARES
  • सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


    सप्तरी । खडक नगरपालिका(३ सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।
    धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका  मिर्गौलापीडित ती पुरुषको  बिहान ६ बजेर १० मिनेट जा‍ँदा  मृत्यु भएको  प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

    एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए।

    भदौ २८ गते कोरोना पोजिटिभ पुष्टि भएका उनको स्वास्थ्य गम्भीर भएपछि भदौ ३० गते धरान लगिएको थियो। उच्च रक्तचापको पनि समस्या रहेका उनले सातामा दुइ पटक डायलासिस गराइरहेका थिए।

    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १४:०६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको