खोटाङ । १७औं गणतन्त्र दिवसको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको व्यवस्थापनमा मंगलवार जिल्ला प्रहरी कार्यालय खोटाङ परिषरमा रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, सरकारी वकिल कार्यालय खोटाङका प्रमुख दिलभुषण घिमिरे, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमय लगायत १८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका कार्यक्रम अधिकृत प्रविन श्रेष्ठले जानकारी दिए ।
संकलन गरिएको रगत रक्तसञ्चार केन्द्र दिक्तेलमा रहने कार्यक्रम अधिकृत प्रविन श्रेष्ठको भनाइछ ।रेडक्रसका मन्त्री बजिमयले आजसम्म ५५ औं पटक रक्तदान गरिसकेका छन् ।

रक्तदान कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्लास्थित राजनीतिका दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा रक्तदान गर्ने व्यक्तिहरुलाई प्रहरी कार्यालयले प्रशंसापत्र प्रदान गरेको थियो ।




