शुक्रवार, भाद्र २६ गते २०८३

उदयपुरमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

उदयपुरमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

रोदिक खबर

२२, जेठ २०८१
  • 2.0K
    SHARES
  • उदयपुरमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

    उदयपुर । उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विद्यालाल साहले बताए ।

    उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय विरा राई रहेका छन् ।

    आज त्रियुगा नगरपालिका–१ फुलजोरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको प्रहरी निरीक्षक साहले बताए । टिप्पर चालक त्रियुगा–७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - २१:१६:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको