बिहिवार, कार्तिक १३ गते २०८३

चार वटा कम्पनीको  स्यानिटाइजर बिक्री वितरणमा तथा प्रयोगमा प्रतिबन्ध

चार वटा कम्पनीको  स्यानिटाइजर बिक्री वितरणमा तथा प्रयोगमा प्रतिबन्ध

रोदिक खबर

३१, भाद्र २०७७
  • 2.5K
    SHARES
  • चार वटा कम्पनीको  स्यानिटाइजर बिक्री वितरणमा तथा प्रयोगमा प्रतिबन्ध

    काठमाडौं । सरकारले  थप चार वटा कम्पनीको  स्यानिटाइजर बिक्री वितरणमा तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। विदेशी र स्वदेशी कम्पनीद्वारा निर्मित स्यानिटाइजरमा इथानोलको मात्रा अत्याधिक भएको तथा विषाक्त रसायन प्रयोग गरी निर्माण गरिएकोले  प्रतिबन्ध लगाएको औषधि व्यवस्था विभागले जनाएको छ। ​

    ग्वान्झाउ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौंको स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो।

    राष्ट्रिय औषधि प्रयोगशालामा गरीएको परीक्षणमा तोकेको मापदण्ड पुरा नगरेकाले बिक्री वितरणमा  रोक लगाएको औषधि व्यवस्था विभागले जनाएको छ।

    विभागका अनुसार उक्त कम्पनीको स्यानिटाइजर प्रयोग गरेमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएको छ। सबै फिर्ता गर्नलाई विभागले आग्रह गरेको छ। यसअघि पाँच वटा कम्पनीका स्यानिटाइजरमा सरकारले प्रतिबन्ध लाइसकेको छ।  

    यी स्यानिटाइजर प्रयोग गर्नुस् ।

    sa.jpg

     

    sanitizar.jpg

    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १६:२३:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको