खोटाङ । खोटाङमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता सुरु भएको छ । जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा ‘अध्यक्ष कप पुरुष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता’ शनिबारबाट सुरु भएको हो।
चिसापानी नमुना माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना भएको भलिबल प्रतियोगितामा ८ टिम सहभागी भएको जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिए।
प्रतियगितामा प्रथम पुरस्कार दुई लाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार एक लाख पच्चीस हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, सेमिफाइनल लिष्ट दुवै टिमलाई पचास हजारका दरले पुरस्कार व्यवस्थापन गरिएको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव सुशिल राई (अमित) ले जानकारी दिए।
अध्यक्ष कप पुरुष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एकहजार नगद सहित ट्रफी प्रदान गरिनेछ।
विधागत पुरस्कार अन्तरगत बेस्ट डिफेन्स, वेस्ट सेटर, बेस्ट स्पाइकर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट कोचलाई ट्रफी सहित नगद तीनहजार, वेस्ट प्लेयलाई ट्रफी सहित नगद पाँच हजार प्रदान गरिने छ।
आज (शनिवार ) बाट सुरु भएको प्रतियोगितमा दुईवटा खेल भएका छन्। खोटेहाङ गाउँपालिका भर्सेस आयोजक जन्तेढुंगा गाउँपालिका (वि) र खोटेहाङ गाउँपालिका शिक्षक भर्सेस बेलबारी नगरपालिका मोरङबीच प्रतिस्पर्दा भएको राईले जानकारी दिए।
अन्तरपालिका स्तरीय प्रथम भलिबल प्रतियोगिता बेलवारी नगरपालिका, खोटेहाङ गाउँपालिकाको शिक्षक टिम, आम्चोक गाउँपालिका र आयोजक (ए) दमक नगरपालिका र बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिका आयोजक जन्तेढुंगा गाउँपालिकाबीच प्रतिस्पर्दा हुने गरि खेल तालिका तय गरिएको अध्यक्ष राईले बताए ।