खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

रोदिक खबर

२९, जेठ २०८१
  • 3.5K
    SHARES
  • खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

    खोटाङ । खोटेहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ । खोटेहाङ गाउँपालिकाका १५ महिनाभित्र सात सय ९४ जना बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि सोमबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

    विभिन्न १३ प्रकारका खोप पूरा गरेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण सुनिश्चितता घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत यदुकुमार बस्नेतका जानकारी दिए । डिसिजी, पेन्टा, एसपीभी, दादुरा रुवेला, जापानीज इन्सेफ्लाइटिस्ट, टिडी लगायतका १३ प्रकारका खोप पूरा गरिएको बस्नेतले सुनाए ।

    प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - ०८:१७:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको