ललिता साह ।
भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री एवम् युवा नेता विश्व प्रकाश शर्माले भने - विचारको, श्रद्धाको निष्ठाको जीवन बाँचेकै कारण सर्वदा प्रताडना सहेर दिवंगत भएर पनि बाँचिरहने व्यक्ति मध्येका एक योद्धा हुन सहिद राधेश्याम जोन्छे ।
शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानद्वारा आयोजित सहिद जोन्छेको १२ औं पुण्य तिथिमा ब्यक्ति र व्यक्तित्व प्रवचन तथा छात्रवृत्ति वितरण समारोहमा बोल्दै वहाँले यस्तो बताएका हुन् ।
राणाको,राजाको र माओवादीको कालमा पनि कांग्रेस मारिएको प्रसङ्गहरु कोट्याउँदै सहिद राधेश्याम जोन्छे पनि यस्तै नियतीको सिकार हुनुपरेको उनले बताए ।
देशको अनेक कालखण्डमा सामन्ती सताको विपक्षमा बोल्ने एकमा एक शक्तिशाली नेताहरूको बलिदानीको जगमा उठेका कांग्रेस देश जनताको विरोधी शक्तिको भुकम्पले ढलिहाल्ने पार्टी होइन काँग्रेस ।
यसर्थ : हिंसाबाट आएका माओवादीलाई क्यान्योनमेन्टमा बन्दूक बिसाउन लगाएर शान्ति प्रकृयामा ल्याएर दुई हात जोडेर जनताको मत माग्न बनाएका ठूला छाती भएका शान्ति चाहने सहिद राधेश्याम जोन्छे जस्तो कांग्रेसीहरुको जीत भएको महामन्त्री शर्माले बताए ।
काँग्रेसको विरोध वर्तमान सरकारका गृहमन्त्रीको नभई दुःख गरेर कमाएको पैसा डुबाएका सहकारीको बदमासी , गिरीबधु टि कम्पनीको ठगीमा परेका जनताको एजेण्डालाई उठाएको महामन्त्री शर्माले तर्क गरे ।
जोन्छे निडर भएर कोहीसँग नझुकेकै कारण मजदुर किसान पार्टीले मात्रै दुर्व्यवहार गरेन । माओवादीले गोली मात्रै ठोकेनन । आफ्नै पार्टी कांग्रेसले पनि उहाँ र भक्तपुर कांग्रेससँग न्याय गरेन।नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति एवम् सासंद दुर्लभ थापाले बताए ।
काठमाण्डौ महानगरमा बालेनले गरेको नराम्रो काम मिडियामा आउँदैन त्यसैले उसले राम्रो काम गर्यो भन्छौं यसर्थ : हामीले हाम्रा राम्रा काम पत्रकारिताको माध्यमले बाहिर ल्याउनुपर्छ । सांसद थापाले भने ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तिलक प्रकाश कायस्थका अनुसार -राजनिति र साहित्य मेरो जीवनको दुई आयामले भन्छ हामी कलमको घाँटी थिच्ने काम गर्नु हुदैन । कोही डराउँछ भनेर राजनितिमा सत्य बोल्न छोड्नु हुदैन । माओवादीको गतिविधी विरुद्ध जोन्छे बोलेकै कारण माओवादीले गोली हान्यो ।
आजको सत्तामा पनि त्यही हुँदछ ' र त सिंह न पुच्छर भएको रविलाई सत्ता बचाउन गृहमन्त्री बनाएको प्रति खेद व्यक्त गरे । तर हामी प्रजातन्त्रवादीहरू हाम्रो स्वाभिमान बचाउन सक्नुपर्छ र बचाएका छौं । उनले भने । कारण सहिद भयो त्यति सम्झिए हामी उनले देखाएका बाटोमा हिँडन सक्छौ ।
चाँगुनारायण नगपालिकाका नगर प्रमुख जीवन खत्री भन्छन - सिद्धान्तप्रति अडिग रहेर संगठनलाई उत्प्रेरणा दिइरहने नेता थियो । विद्यार्थी राजनीति र पार्टीको हरेक तप्काको संगठन शक्तीबाटै यो देशमा परिर्वतण गर्न सकिन्छ भने उहाँको धारणा अनुशरण गर्नुपर्ने बताए ।
कॉंग्रेसको सुदृढिकरण गर्न सहिद जोन्छेसँगै भक्तपुर काँग्रेसका पूर्व विष्णुभक्त श्रेष्ठ , तिलक प्रकाश कायस्थको सिद्धान्तमा रहेर काम गर्नुपर्छ ।
नेपाली कांग्रेस भक्तपुरबाट महासमिति सदस्य , कानुन आयोगको अध्यक्ष वरिष्ठ अधिवक्ता तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बाबुराजा जोशीले बताए । सहिद जोन्छे निडर र निष्ठावान नेता रहेको वरिष्ठ पत्रकार कविर राणाले भने ।
कम्यूनिष्ठ भनिएका आतातायी व्यक्तिहरुले २०३६मा भक्तपुरमा उहाँमाथि आक्रमण गरियो । सामन्ती पञ्चायत शासनको विरुद्ध उभिएकै कारण२०४६ मा सप्तरी स्थित उहाँको घरमा आगजनी गरिएको थियो ।
द्धन्द्ध कालमा २०५९ सालतिर माओवादीले घरमै गोली हानी हत्या गरिएको जोन्छेलाई २०६९मा राज्यद्वारा सहिद घोषणा गरिएको थियो। सहिद जोन्छे देशको कला साहित्य ' खेलकुद , शिक्षा क्षेत्रमा योगदान गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गरिरहेकी प्रतिष्ठानको अध्यक्ष एवम् सहिद जोन्छेकी पत्नी रजनी जोन्छेले सरकारसँग उहाँको हत्यारालाई पत्ता लगाई कारबाहीको माग गरेकी छिन ।
सूर्यविनायक नगरका पदम बहादुर पौडेलले प्रतिष्ठानको लागि तीन आना जग्गा निशुल्क प्रदान गर्ने समारोहमा घोषणा गरेका छन ।
विधार्थीहरू प्रतिमा लगाई ,आरएन गुरुङ्ग ८ /८ हजार र मेधा माविका प्रतिष्ठा खड्कालाई १२ हजार रकम छात्रवृति वितरण गरेका समारोहमा नेता जीवन खत्री ,केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठ , अन्जन मानन्धरले सहिद जोन्छेप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।