बराहपोखरी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा

बराहपोखरी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा

रोदिक खबर

५, आषाढ २०८१
  • 3.9K
    SHARES
  • बराहपोखरी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा

    खोटाङको बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। चालू आर्थिक वर्ष २०८०र२०८१ मा १६ महिनादेखि ५९ महिना उमेर समूहका ५५६ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि असार ४ गते पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।

    bara.jpgगाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पन्न पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवंम जिल्ला खोप समन्वय समिति संयोजक सनबहादुर राई, गाउँपालिका उपाध्यक्ष भुवलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई लगायतको उपस्थिति थियो।

    यसअघि, साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेशी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोे स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताए।

    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - २२:३०:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको