बिहिवार, कार्तिक १३ गते २०८३

तोकिएको समय अगावै पुल निर्माणको काम सम्पन्न गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान

तोकिएको समय अगावै पुल निर्माणको काम सम्पन्न गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान

रोदिक खबर

७, आषाढ २०८१
  • 2.8K
    SHARES
  • तोकिएको समय अगावै पुल निर्माणको काम सम्पन्न गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान

    खोटाङ । खोटाङमा मध्यपहाडी लोकमार्गमा पर्ने दुई वटा पुल समय अगावै निर्माण गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको भालुखोला र छेपेखोलामा सम्झौताभन्दा एक महिना अगाडि नै पुल निर्माण गर्ने केएम इन्जिनियर्स विल्डर्सका प्रवन्ध निर्देशक मोहन कार्कीलाई सम्मान गरिएको हो ।

    जिल्लामा महत्वका आयोजनाको निर्माणमा चरम ढिलासुस्ती भइरहेकाबेला समयभन्दा अगाडि नै मध्यपहाडी लोकमार्गको पुल निर्माण गरेकोमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीलाई बोलाएर सम्मान गरेको हो ।

    जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले टोपी र फूलमाला लगाइदिएर सम्मान–पत्र प्रदान गरेका छन् ।

    Topi.jpg

    जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । केएम इन्जिनियर्स विल्डर्सले २०८१ असार २२ गतेसम्ममा सक्नेगरी २०७९ असार २२ गते पुल निर्माण गर्ने सम्झौता गरेको थियो । भालुखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सोल्मा र छेपेखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पर्छ ।

    आफ्नो क्षेत्रभित्रको पुल सम्झौताभन्दा अगाडि नै बनेको भन्दै नगरपालिकाले निर्माण व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । नगरपालिकाले नगरभित्रका सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीका लागि सिफारिस गर्नेदेखि मेसिनमा ताला हाल्नेसम्मका प्रतिक्रिया जनाउँदै आएको छ ।

    ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको नगरपालिकाले समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई भने सम्मान गरेको हो ।

    samman1.jpg

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - २२:०७:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको