गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक

गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक

रोदिक खबर

९, आषाढ २०८१
  • 2.4K
    SHARES
  • गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक

     जन्तेढुङ्गा गाउँपालिकाले आफ्नो क्षेत्रको विस्तृत सांस्कृतिक, धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका विषयहरूलाई समेटेर तयार पारिएको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक गरेको छ ।  जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ता डा. भक्त राई, शुभ मुकारुङ र प्रविण पुमाले खोज अनुसन्धान गरि प्रकाशनमा आएको पुस्तक एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

    पुस्तकमा गाउँपालिका भित्रका विभिन्न जातजातिको पहिचान, लोकमिथकहरु, प्रचलित मौलिक संस्कृति, भाषा, भेषभूषा, लोक परम्परालगायतका विषयहरू समावेश गरिएका छन् । यसका साथै, पालिकाभित्र अवस्थित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको जानकारी र गाउँपालिकाको विकासका आधारहरू समेटिएका छन् ।

    गाउँपालिका अध्यक्ष अरुणादेवी राईले पुस्तक पालिकाको एक महत्वपुर्ण प्राज्ञिक दस्तावेज भएको बताईन् । अध्यक्ष राईले यस जन्तेढुङ्गा गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तकमा गाउँपालिकाभित्र ऐतिहासिक संम्पदाहरु के के छन जगेर्ना गर्नु पर्ने संस्कार संस्कृतिहरु कुन अवस्थामा छन रु यी विषयलाई महत्वकासाथ समावेश गरिएको बतार्ईन् । 

    कतथभि.ूतभहत(बष्निलस् वगकतषथसूश्रअध्यक्ष राईले भने आगामी दिनमा के कस्ता विकासका योजना र आयोजनाहरू आवश्यक छन् र कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने कुराको महत्वपुर्ण आधार स्तम्भको रुपमा यस पुस्तक रहनेछ । जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले पालिकाले महत्वपूर्ण दस्तावेजीकरणको काम गरेको बताए ।प्रकाशित पुस्तक मानवीय विकास र भौतिक विकासलाई सँगै लैजानका लागि एक महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज भएको बताए ।

    समन्वय प्रमुख राईले भने यस पुस्तकले जन्तेढुङ्गा गाउँपालिकाको सांस्कृतिक सम्पदा र विकासका लागि मार्गचित्र प्रस्तुत गरेको छ, जसले स्थानीय पहिचान र विकासलाई एकीकृत रूपमा अगाडि बढाउन मद्दत गर्ने छ । पालिका उपाध्यक्ष खड्काले ६ वटा वडा रहेको जन्तेढुङ्गा गाउँपालिकाको समृद्धिका लागि सम्भावनाहरूको पहिचान गरिएको यस पुस्तकले आगामी दिनमा पालिकाको विकास योजना तर्जुमा र कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

    पुस्तक सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खेम बहादुर खड्का, निमित्त कार्यकारी प्रमुख विनय निरौलालगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :आषाढ ९, २०८१ आइतवार - १७:२९:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको