• ट्रेण्डिङ:

हलेसी तुवाचुङ नगरपालिकाको वार्षिक बजेट ८२ करोड २८ लाख

हलेसी तुवाचुङ नगरपालिकाको वार्षिक बजेट ८२ करोड २८ लाख

रोदिक खबर

११, आषाढ २०८१
  • 2.5K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाको वार्षिक बजेट ८२ करोड २८ लाख

     खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ८२ करोड २८ लाख ३३ हजार ३०० रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोमबार सम्पन्न १५ औं नगरसभामा उपप्रमुख रमेश राउतले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४५ करोड १४ लाख २१ हजार, पुँजीगतमा २३ करोड ६४ लाख १२ हजार ३०० र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख बजेट पेश गरेका हुन् ।

    भौतिक पूर्वाधारतर्फ ६ करोड ४६ लाख २० हजार, सामाजिक विकासतर्फ ४ करोड ६० लाख ७५ हजार, आर्थिक विकासतर्फ २ करोड २ लाख, सुशासन तथा संस्थागत विकासमा ६१ लाख ८७ हजार ३००, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ६४ लाख ३० हजार बिनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

    h2.jpgयस्तै, नगरप्रमुख बिमला राईले आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम पेश गरेकी छन् । नगरप्रमुख राईले आर्थिक विकास तथा गरिबी निवारणमा योगदान पुर्याउने, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी वृद्धि गर्ने, स्थानीय श्रोत र सीपको अधिकतम प्रयोग गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

    नगरबासीको सम्मानयुक्त जीवनयापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल, सहज, छिटो र प्रभावकारी सेवा प्रवाह, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण लगायतका बिषयलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - ०७:३९:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको