खोटाङ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५० करोड ७७ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको सभाहलमा हाम्रो परिकल्पना : समृद्ध दिप्रुङ चुईचुम्मा भन्ने नारका साथ सम्पन्न १५ औं गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष अरुणा थापामगरले ले ५० करोड ७७ लाख ६३ हजारको बजेट तथा कार्यक्रम पेस गरेकी हुन् ।
आय हुने प्रक्षेपणको आधारमा आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पेश गरेको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बसाइसराइँ गरी अन्यत्रै बसोबास गरिरहेका नागरिकहरू र उनीहरूका सन्ततिहरूलाई गाउँपालिकामा रहेका विभिन्न प्राकृतिक, धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक सम्पदा र सौन्दर्यताको पारख गर्न घर फर्क परदेशी, दिप्रुङ चुइचुम्माले डाक्दैछ भन्ने नाराका साथ घरेलु पर्यटन विकास गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
यस्तै, हाल गाउँपालिकामा प्रभावकारी बनेको हेल्लो डक्टर कार्यक्रमलाई कुनै एक स्वास्थ्य संस्थाबाट चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने, आधारभूत अस्पताल एवं हेल्लो डाक्टरको कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य चौकी, ओख्रेमा आवश्यक स्वास्थ्य उपकरण सहित ल्याब विस्तार र व्यवस्थित गर्दै लैजाने नीति सार्वजनिक गरिएको गाउँपालिकाका सूचना अधिकारी एवं सूचना प्रविधि अधिकृत एलुन राईले जानकारी दिए ।
दीर्घ रोगीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै टोलटोलमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने नीति लिइने गाउँसभामा सार्वजनिक गरिएको छ ।
गाउँपालिकाले पशु तथा कृषि प्रवर्द्वन लागि एक गाउँ, एक उत्पादन कार्यक्रम साझेदारी नीति अवलम्वन गर्ने, पशुपंक्षी विमा कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने, कृषकको घरमा कृषि प्राविधिक पुगि सबै कृषकको घरमा कृषि तथा भेटेनरी सेवा उपलब्ध गराउन किसान घरदैलो सेवा कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकाको समग्र सार्वजनिक सेवा प्रवाहको गुणस्तर कायम गरी नागरिकप्रति जवाफदेही बनाउन प्रत्येक शुक्रवार नागरिकसँग अध्यक्ष भेटघाट कार्यक्रम७चकत्रगयस सञ्चालन गर्ने लगायतका नीति तथा कार्यक्रम अघि सारिएको छ ।