खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘ गाउँपालिकाको सर्वाङ्गीण विकास, दिगो शान्ति, समृद्दि र समतामूलक समाज निर्माणाको आकांक्षा पूरा गर्ने संकल्प’ भन्ने नाराका साथ सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न १५ औं गाउँसभामार्फत गाउँपालिका उपप्रमुख रुपेश राईले ५६ करोड ५५ लाख ७२ हजार ९१९ को बजेट तथा कार्यक्रम पेस गरेका हुन् ।
गाउँसभामा गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिका प्रमुख मुक्तिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गरिएको उपप्रमुख राईले जानकारी दिए ।