खोटाङ । ऐसेलुखर्क गाउँपालिकाको १६ औँ गाउँसभामा ४३ करोड ९४ लाख ८६ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गरेको छ । गाउँपालिकाको सहभालमा सम्पन्न गाउँसभामा उपाध्यक्ष राजेशकुमार राजभण्डारीले आर्थिक वर्ष २०८१र८२ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
चालु कार्यक्रमतर्फ २१ करोड ४१ लाख ५५ हजार र पूँजीगततर्फ दश लाख विनियोजन गरिएको छ । प्रदेश सरकार सशर्त अनुदानबाट व्यहोर्ने गरी चालुतर्फ १७ लाख ५१ हजार र पूँजीगत कार्यक्रमको लागि एक करोड ५६ लाख विनियोजन गरिएको छ । जसमा गाउँपालिकाको आन्तरिक आयबाट रकम ३६ लाख ५० हजार अनुमान गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानसँग गाउँपालिकाले ५० प्रतिशत रकम समाझेदारी हुनेगरि ऐसेलुखर्क फापरस्वाँरादेखि ज्यामिरे वडा कार्याल सडक स्तरोत्ततिको लागि एक करोड ५० लाख, प्रदेश सरकार प्राप्त समपूरक अनुदानसँग गाउँपालिकाले ३५ प्रतिशत रकम साझेदारी हुने गरि ऐसेलुखर्क बजार ढलान (क्रमागत( को लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
सङ्घीय सरकार विशेष अनुदानबाट ऐसेलुखर्क गाउँपालिकाको शैक्षिक विकास ९डिजिटाएज स्कुल० र साक्षरता सुधार परियोजना कार्यक्रम लागि एक करोड ३५ लाख विनियोजन गरिएको छ । स्घीय सरकार र प्रदेश सरकार अन्य विभिन्न विकास साझेदार संस्थाहरुसँगको साझेदार कार्यक्रमको लागि ८० करोड बजेट विनियोजन भएको छ । वडागत पूँजीगत योजनाहरुका लागि एक करोड दुई लाख विनियोजन गरिएको उपाध्यक्ष राजभण्डारीले जानकारी दिए ।
गाउँपालिकाभित्रका पुराना सडक मर्मतको लागि २० लाख विनियोजन गरिएको छ भने, आर्थिक, समाजिक र पूर्वाधार क्षेत्रको लागि एकमुष्ट रु १९ लाख विनियोजन भएको छ । स्थानीय सरकार, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी र अपाङ्गता सहासङ्घ नेपालको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको अपाङ्गता रोगथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको जनाएको छ ।
पदाधिकारी सेवा सुविधा, कर्मचारी तलबभत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र सबै वडा कार्यालय प्रशासनिक खर्च र चालू प्रकृतिका खर्चको लागि सङ्घीय सरकार राजश्वबाट बाडँफाँड प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजश्वबाट खर्च व्यहोर्ने गरि आठ करोड ४९ लाख ८५ हजार बजेट विनियोजित गरिएको उपप्रमुख भण्डारीले जानकारी दिए।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्नका लागि एक करोड ३० लाख रकम विनियोजन गरिएको जनाइएको छ । लिदिङखोला पक्की पुललाई निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम विनियोजन गरिएको उपाध्यक्ष राजभण्डारीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल निर्माण सम्पन्न गर्न एक करोड ५० लाख बजेट विनियोजन गरिएको जनाइएको छ । गाउँपालिकाले आवश्यकताका आधारमा प्राथमीकिरण गरेर सडक योजनाहरुको गाउँपालिकाकै उपकरणबाट निमार्ण, स्तोन्नति तथा मर्मत गर्न इन्धनका लागि यान्त्रिक उपकरण कोषमा जम्मा हुने गरि ५० लाख विनियोजन गरिएको जनाइएको छ ।
गाउँसभामा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिका प्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गरिएको उपप्रमुख राजभण्डारीले जानकारी दिए ।