• ट्रेण्डिङ:

जन्तेढुङ्गा गाउँपालिकाले ल्यायो ४२ करोड २५ लाख ८ हजार ७११ बजेट

जन्तेढुङ्गा गाउँपालिकाले ल्यायो ४२ करोड २५ लाख ८ हजार ७११ बजेट

रोदिक खबर

११, आषाढ २०८१
  • 2.2K
    SHARES
  • जन्तेढुङ्गा गाउँपालिकाले ल्यायो ४२ करोड २५ लाख ८ हजार ७११ बजेट

    खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको १५ औँ गाउँसभामा ४२ करोड २५ लाख ८ हजार ७११ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सहभालमा सम्पन्न गाउँसभामा उपाध्यक्ष खेमबहादुुर खड्काले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    jantedhunga.jpgगाउँपालिकाले आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदान संघ ७ करोड ८२ लाख, समानीकरण अनुदान प्रदेश ४५ लाख ९४ हजार, राजस्व बाँडफाट संघ ७ करोड ९३ लाख ९९ हजार ७११, राजस्व बाँडफाड प्रदेश २९ लाख ३० हजार, विशेष अनुदान सङ्घ १ करोड ५० लाख, समपूरक अनुदान सङ्घ ६० लाख, समपूरक अनुदान प्रदेशबाट १ करोड, सशर्त अनुदान सङ्घ १८ करोड ९२ लाख ३ हजार, सशर्त अनुदान प्रदेश १ करोड ११ लाख ८२ हजार, आन्तरिक स्रोत ४० लाख, आन्तरिक स्रोत बैंक मौजात २ करोड २० लाख गरी गाउँपालिकाले ४२ करोड २५ लाख ८ हजार ७११ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

    गाउँसभामा गाउँपालिका अध्यक्ष अरुणादेवि राईले नीति तथा कार्यक्रम प्रस्तुतगरेकी थिइन्। गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गरिएको उपाध्यक्ष खड्काले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - ०८:५४:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको