खोटाङ । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३९ करोड १२ लाख ४५ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष भुवलराज राईले उक्त बजेट तथा कार्यक्रम पेस गरेका हुन् ।
‘कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार: सभ्य, समृद्ध बराहपोखरी गाउँपालिकाको मूल आधार’ भन्ने नाराको साथ सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमका बारेमा अर्को बैठकबाट छलफल हुने जनाइएको छ ।