सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

रोदिक खबर

११, आषाढ २०८१
  • 9.9K
    SHARES
  • सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

    सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन्। भारतको गोआमा असार ७ गतेदेखि ९ गतेसम्म भएको प्रतियोगितामा ४१ केजी तौल समूहकी गोल्डमेडल रितिकाले बेस्ट फाइटरको अबार्ड पनि पाएकी हुन्।

    Tekwando.jpg

    पुरुषतर्फको बेस्ट फाइटर अवार्ड भारतका ६८ केजी तौल समूहका गौरव सिंह मिश्रले जिते। तनहुँको भानुकी १४ वर्षीया रितिका लैनचौरको नर्थ प्वाइन्ट एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छिन्। नेपालका सम्राट परियार (५५ केजी), मनिश्री चन्द (१४ केजी) र प्रशान्त बस्नेत (३३ केजी) ले पनि गोल्ड मेडल जितेका छन्। विपिन बिक (६४ केजी) ले काँस्य पदक हात पारे।

    नेपालकी अन्तर्राष्ट्रिय रेफ्रि रमिला खत्रीसहितको टोली प्रतियोगिताका लागि गोआ गएको थियो। खत्री निर्णायक मण्डल प्रमुख थिइन्। प्रतियोगितामा नेपालबाट काठमाडौँसहित चितवन र दाङबाट पनि टोली सहभागी भएका थिए।

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - २१:४०:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको