समाजसेवी सैँजूले दिए विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्री

समाजसेवी सैँजूले दिए विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्री

रोदिक खबर

१३, आषाढ २०८१
  • 3.6K
    SHARES
  • समाजसेवी सैँजूले दिए विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्री

     खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थायी घर भइ राजधानी काठमाडौँ बस्दै आएका समाजसेवी गोपाल सैँजूले आफू पढेको विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा खेल सामग्री उपलब्ध गराएका छन् । काठमाडौँ बसेर विभिन्न पेशा तथा व्यवसाय गर्दै आउनुभएका समाजसेवी सैँजूले जन्मदिनको अवसर पारेर बिहीबार दिक्तेलस्थित पोखरीमा सञ्चालित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्री उपलब्ध गराएका हुन् ।

    ga.jpg

    समाजसेवी सैँजूले ६० जना विद्यार्थीका लागि एक÷एक जोर ट्र्याकसुट, चार थान भलिबल, एक थाल जाली र एक थान फुटबल उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिए ।

    ट्र्याकसुट तथा खेल सामग्री हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, नेपाली कांग्रेसका युवा नेता रोजन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका शैक्षिक सुधार कार्यदलका सदस्य प्रकाशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

    विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यसहित विद्यार्थीमा हौसला प्रदान गर्न विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्रीय उपलब्ध गराएको समाजसेवी सैँजूले जानकारी दिए।

    “यो विद्यालयबाट मैले कखरा सिकेको हुँ । आफू पढेको विद्यालयको अवस्था हेर्दा नाजुक देखियो”, उनले भने, “विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित विद्यार्थीलाई हौसला प्रदान गर्न ट्र्याकसुट र खेल सामग्रीय उपलब्ध गराएको हुँ । यसले अन्यलाई पनि सहयोग गर्न प्रेरित गरेको छ ।”

    यस्तै, विद्यालयलाई अभिभावक सिता अधिकारीले ५० थान स्टिलको प्लेट र सुनिल बजिमयले ५० थान चम्चा उपलव्ध गराएको विद्यालयले जनाएको छ ।

    sa.jpg ट्र्याकसुट तथा खेल सामग्री तथा अन्य सामग्री उपलब्ध गराउने समाजसेवी सैँजू, अधिकारी र बजिमयलाई विद्यालय व्यवस्थापन समितिले सम्मान समेत गरेको छ । कक्षा–८ सम्म अध्ययन÷अध्यापन हुने यस विद्यालयमा हाल ७३ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय परिवारले जनाएको छ ।

    sa1.jpg वि.सं. २०३३ माघ–१५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा कसैले चासो नदिएको विद्यालय परिवारको गुनासो छ ।

    b.jpg

    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - २२:२८:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको