मदन भण्डारीको ७३ औँ जन्मजयन्ती : अनेरास्ववियुले ग¥यो क्याम्पसमा वृक्षरोपण

मदन भण्डारीको ७३ औँ जन्मजयन्ती : अनेरास्ववियुले ग¥यो क्याम्पसमा वृक्षरोपण

रोदिक खबर

१४, आषाढ २०८१
  • 2.4K
    SHARES
  • मदन भण्डारीको ७३ औँ जन्मजयन्ती : अनेरास्ववियुले ग¥यो क्याम्पसमा वृक्षरोपण

    खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले दिक्तेल बहुमुखी क्याम्पसमा वृक्षरोपण गरेको छ । मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा अनेरास्ववियुले क्याम्पस परिसरमा विभिन्न प्रजातिका वृक्षरोपण गरेको हो ।

    डिभिजन वन कार्यालय खोटाङले उपलब्ध गराएको गुराँस, धुपी, सिनकौली, ज्याकरन्डा र कल्फी प्रजातिका बिरुवा रोपिएको अनेरास्ववियु खोटाङका उपाध्यक्ष सुशिला तिम्सिनाले जानकारी दिइन्।

    वृक्षरोपण कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष देवबिक्रम राई, निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, सचिव सुरेन्द्र राई, सदस्य खेमराज राई, नेपाल राष्टिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य एवम् नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मिनकुमार दाहाल, दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक एलपी घिमिरे, अनेरास्ववियु खोटाङका सचिव अभिषेक घिमिरे, सहसचिव प्रकाश पौडेल, सचिवालय सदस्य मित्रनाथ खनाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :आषाढ १४, २०८१ शुक्रवार - १२:४४:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको