काठमाडौं । नेपाल पत्रकार महासंघले विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चनमा गएको भन्दै नेपाल प्रेस युनियनले पत्रका महासंघको केन्द्रीय कार्यालयमा राति साढे १० बजे तालाबन्दी गरेको युनिनयनका महासचिव दिलिप पौडेले बताए ।
नेपाल पत्रका महासंघको सदस्यता वितरणप्रति महासंघका शाखा र प्रदेशहरूले टुंग्याएर पठाएका थिए तर ‘केन्द्रले जिल्ला शाखा, प्रदेश शाखा र प्रतिष्ठान शाखाले पठाएको सिफारिसलाई हटाएर कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारहरूलाई महासंघको निर्वाचन पक्रियाको मतदाता नामावलीमा समावेश गरिएको हुनाले तालाबन्दी गर्नु परेको महासचिव पौडेलले बताए।
युनियनले यस घटनाप्रति घोर भर्त्सना गर्दै महासंघको केन्द्रीय नेतृत्वको जबरजस्ती कब्जाको नीति कायम राखेसम्म तालाबन्दी कायमै रहने महासचिव पौडेलको भनाई छ ।
उनले महासंघको निर्वाचनका गराउनका लागि बनेको पुर्वअध्यक्षहरूको निर्देशक समितिले आफ्नो हैसियत बिर्सिएर कुनै राजनीतिक दलको भेलामा जाने र फेरि महासंघमा आएर क्रियाशील पत्रकारहरूलाई हटाउने हर्कत गरिरहेको आरोप लगाए ।
उनले भने, ‘ अहिले महासंघको चुनाव गराउन पुर्वअध्यक्षहरूको निर्देशक समिति बनेको छ।
उक्त निर्देशक समितिका सदस्यहरू आफ्नो हैसियत बिर्सिएर कुनै पार्टीको भेलामा जाने र त्यहाँबाट आएर महासंघलाई कब्जा गर्ने तरिकाले क्रियाशील पत्रकारहरूलाई हटाउने काम गरिहरेका छन्, यसलाई निर्वाचन समितिले वैधता दिन खोजिरहेको छ । यसैको विरोधमा हामीले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नु परेको हो।’