शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलमा सञ्चालित तीन दिने मोवाइल पत्रकारिता तालिम समपन्न

दिक्तेलमा सञ्चालित तीन दिने मोवाइल पत्रकारिता तालिम समपन्न

रोदिक खबर

१५, आषाढ २०८१
  • 2.9K
    SHARES
  • दिक्तेलमा सञ्चालित तीन दिने मोवाइल पत्रकारिता तालिम समपन्न

    खोटाङ । घरेलु तथा साना उद्योग कार्यालय खोटाङले जिल्लामा क्रियाशील सञ्चारकर्मी तथा अन्यलाई मोबाइल पत्रकारिता सम्बन्धी तीन दिने तालिम उपलब्ध गराएको छ ।

    डिजिटल प्रविधिको बढ्दो विकासलाई उपयोग गर्दै छिटो, भरपर्दो र प्रभावकारी समाचार सम्प्रेषण गर्न/गराउन तालिमको आयोजना गरिएको हो ।

    रेडियो खोटाङसँगको समन्वयमा यही असार–१३ गतेदेखि १५ गतेसम्म आयोजना गरिएको तालिममा सञ्चारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायी लगायत २० जना सहभागी रहेका थिए ।

    जिल्लामा पहिलो पटक आयोजना गरिएको मोबाइल पत्रकारिता तालिमको सहजीकरण जिल्लामा क्रियाशील पत्रकारहरुले गरेका थिए ।

    तीन दिने तालिममा सहभागीलाई आधारभूत पत्रकारिता तालिमसँगै भिडियो तथा अडियो रेकर्डिङ, सम्पादन र प्रशारणका बारेमा सहजीकरण गरिएको प्रमुख प्रशिक्षक भीम राईले जानकारी दिए ।

    तालिममा सहभागीले जिल्लामा पहिलो पटक आयोजना गरिएको मोबाइल पत्रकारिता तालिम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

    तालिम सामापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पत्रकारहरु समयानुकूल परिकृत हुँदै जानुपर्नेमा जोड दिए ।

    “मुलुकमा बढ्दो प्रविधिको विकासले पत्रकारितामा चुनौतिसँगै सम्भवनाहरु थपिएका छन् । प्रविधिलाई उपयोग गर्न सकेको खण्डमा राम्रो कमाइ पनि हुने रहेछ”, उनले, “सञ्चार कर्ममा लागेकाहरुले यसलाई उपयोगमा ल्याउनुप¥यो । यसमा हामीले गर्न सक्ने सहयोग उपलब्ध गराउँछौँ ।”

    नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको तालिम समयानुकूल भएको प्रतिक्रिया दिए ।

    “पत्रकारहरु हरेक क्षेत्रमा पोख्त हुनुपर्छ । प्रविधिसँग खेल्न नसकिएको खण्डमा जनचाहना अनुसारका सामग्री उत्पादन तथा प्रशारण गर्न सक्दैनौँ”, अध्यक्ष खत्रीले भने, “घरेलु तथा साना उद्योग कार्यालयले समयानुकूलका तालिम उपलब्ध गराएको छ ।

    तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीको दायित्व हो । यसले सहभागी तथा स्रोता, दर्शक र पाठक दुवैलाई फाइदा गर्छ ।”

    दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित तालिममा सहभागीलाई सहभागिताको प्रमाणपत्रसमेत उपलब्ध गराइएको तीन दिने तालिमको समन्वयकारी भूमिकामा रहेको रेडियो खोटाङका अध्यक्ष खिलन राईले जानकारी दिए ।

    घरेलु तथा साना उद्योग कार्यालय खोटाङले यसअघि फोटो तथा डिभियोग्राफी सम्बन्धी दश दिने तालिम उपलब्ध गराएको थियो । हिमालयन आइटी इन्स्टीच्युट दिक्तेलसँगको सहकार्यमा आयोजित तालिमको सहजीकरण एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डङ्गोलले गरेका थिए।

    प्रकाशित मिति :आषाढ १५, २०८१ शनिवार - २१:५८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको