खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर ५ चिसापानी बजारको सडक ढलानको काम सम्पन्न भएको छ ।
कोशी प्रदेश अन्तरगत शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको २५ लाख बजेटमा चिसापानीस्थित मुख्य बजारको १०० मिटर सडक ढलानको काम सम्पन्न गरिएको हो ।
बि एण्ड बि निर्माण सेवा कम्पनीले ठेक्का लिएको सडक ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए।
निर्माण सेवा कम्पनीले २०८१ असार १५ गतेभित्र सक्ने गरी २०८० चैत २५ गते सडक ढलानको सम्झौता गरेको थियो । उक्त ढलानको काम कोशी प्रदेश सभा सदस्य भुपेन्द्र राईकाे पहलमा भएको गाउँपालिकाले जनाएको छ।
निर्माण कम्पनीले ठेक्का लिएको चिसापानी बजारस्थित ढल निर्माणको काम पनि सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष खड्काले बताए ।
शहरी विकास तथा भवन कार्यालयको पाँच लाख लागतमा २०८१ असार १० गतेभित्र सक्ने गरी सोही निर्माण कम्पनीले २०८० चैत २५ गते नै संझौता गरेको थियो ।