खोटाङमा प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीता सुरु

खोटाङमा प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीता सुरु

रोदिक खबर

२०, आषाढ २०८१
  • 3.2K
    SHARES
  • खोटाङमा प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीता सुरु

    खोटाङ। खोटाङमा प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीता सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना एबं जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा असार २० गतेदेखि प्रतियोगीता सुरु भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित यलम्बर रंगशालामा आयोजना गरिएको प्रतियोगीता बिहिबार कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गरेका हुन् ।

    Screenshot_20240704-231517_Gallery.jpgप्रतियोगीताको पहिलो दिन भएको खेलमा ओखलढुङ्गा, ताप्लेजुङ, ईलाम र खोटाङ विजयी भएका छन् ।

    सोलुखुम्बुलाई हराउँदै ओखलढुङ्गा, उदयपुरलाई हराउँदै इलाम, धनकुटालाई हराउँदै ताप्लेजुङ र सुनसरीलाई हराउँदै खोटाङले विजयी यात्रा सुरु गरेको हो ।

    असार २५ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा प्रदेशका १४ वटै जिल्लाको सहभागीता रहेको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश)ले जानकारी दिए ।

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद २ लाख र दोश्रो हुने टिमले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।

    यस्तै, बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर र बेष्ट फरवार्डलाई जनही तीन हजार, बेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाइस्कोररलाई जन कीही ५ हजारका साथमा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

    यस्तै, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही ३ हजारका साथमा ट्रफी पाउनेछन् । प्रत्येक खेलको मेन अफ द म्याचलाई २ हजारका साथमा मेडल प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

    कुल ४२ लाख खर्च हुने प्रतियोगीताका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले २० लाख प्रदान गरेको छ ।

    प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई नेपाल सरकारले तोके बमोजिम सार्वजनिक बस भाडा र प्रतियोगीता अवधिभर खाने बस्ने व्यवस्था मिलाइएको खेलकुद विकास समितिका अध्यक्ष राईले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - २२:४८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको