दिक्तेलबजारमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान शुरू

दिक्तेलबजारमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान शुरू

रोदिक खबर

२७, आषाढ २०८१
  • 3.9K
    SHARES
  • दिक्तेलबजारमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान शुरू

    खोटाङ । खोटाङको दिक्तेलबजारमा डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालिएको छ।

    जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार हाँटडाँडाबाट दिक्तेलबजार हुँदै सोल्मास्थित जनजागृति माविसम्म लार्भा खोजी गरी नष्ट गर्दै पानी जमेका खाल्डाखुल्डी र टायरहरुको पानी पोखेर कीटनाशक औषधि छर्किएको छ।

    एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईवाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो डेंगु।

    एक्कासी उच्च ज्वरो आउनू, असाध्यै टाउको दख्नू, आंखाको गेडी तथा पछिल्लो भाग दुख्नू, ढांड जोर्नी तथा मांसपेशीहरु दुख्नू, शरीरमा विमिरा आउनु, रक्तश्राव हुनु डेंगुको लक्षण हो।

    डेगुबाट बच्न सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने र सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख जीबन चौलागाँईले बताए।

    प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - ०७:१५:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको