• ट्रेण्डिङ:

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

रोदिक खबर

५, श्रावण २०८१
  • 1.7K
    SHARES
  • आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

    खोटाङ । आज पनि देशभर आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

    आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ मेघ गर्जन/चट्याङसिहत हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ ।

    प्रकाशित मिति :श्रावण ५, २०८१ शनिवार - ०९:२९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको