शुक्रवार, भाद्र २६ गते २०८३

सौर्य एयरको जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटना

रोदिक खबर

९, श्रावण २०८१
  • 3.0K
    SHARES
  • सौर्य एयरको जहाज दुर्घटना

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । जहाज विमानस्थलमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए ।

    विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए ।

    कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - १२:२८:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको