कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रोदिक खबर

१८, श्रावण २०८१
  • 1.8K
    SHARES
  • कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।

    २०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका हुन् । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।

    प्रकाशित मिति :श्रावण १८, २०८१ शुक्रवार - १२:२५:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको