बुधवार, कार्तिक १२ गते २०८३

त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड सञ्चालनमा

त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड सञ्चालनमा

रोदिक खबर

२१, श्रावण २०८१
  • 2.8K
    SHARES
  • त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड सञ्चालनमा

     खोटाङ । त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित एक करोड ४४ लाख ८४ हजार ४९० लगानीमा निर्माण गरिएको दुईवटा हवन कुण्ड सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।

    Hawan kunda.jpegवि.सं. २०८१ वैशाख–४ गते सम्झौता गरेर निर्माण शुरु गरिएको हवन कुण्ड गत असार–१६ गतेसम्ममा सम्पन्न गर्नेगरी बासु कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोलुखुम्बुले ठेक्का लिएको थियो । हिन्दु, बौद्ध र किराँत कर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हवन कुण्ड निर्माण गरेर सञ्चालनमा आएपछि पूजाआजा गर्ने भक्तजनलाई सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन् ।

    h2.jpegत्रिधार्मिकस्थल हलेसी गुफाको प्रमुख प्रवेशद्धारको बाँयापट्टी निर्माण गरिएको हवन कुण्ड कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सोमबार औपचारिक उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्मित हवन कुण्डको शिलालेख वाचन गरेर, हवन कुण्डको प्रवेशद्धारमा राखिएको रिबन काटेर तथा हवन कुण्डमा पूजा गरेर औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

    h1.jpegऔपचारिक उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निवर्तमान मुख्यमन्त्री कार्कीले त्रिधार्मिकस्थल हलेसी तीनवटा धर्मको धार्मिक राजधानी भएको दाबी गरे । “हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल भएको ठाउँ संसारमा कहिँ पनि छैन । हलेसी तीनवटा धर्मको सङ्गमलस्थल भएकाले धार्मिक राजधानी हो”, उनले भने, “त्रिधार्मिकस्थल हलेसीसहित पूर्वका तीनवटा धार्मिकस्थलको प्रवद्र्धन गर्न आफू नेतृत्वको प्रदेश सरकारले योजना बनाएको छ ।

    प्रदेश सरकारले बनाएको योजनामा हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन पवद्र्धन गर्ने उद्देश्य राखिएको छ । यसै योजना अन्तरगत त्रिधार्मिकस्थल हलेसीमा कोशी प्रदेश सरकारको सहयोगमा हवन कुण्ड निर्माण गरिएको हो । यसले विश्वको ध्यान केन्द्रित गर्दछ ।”

    गत असार–२० गते नै निर्माण सम्पन्न भएको हवन कुण्ड वैशाख–२२ गते निवर्तमान मुख्यमन्त्री कार्की आफैले शिलान्यास गरेका थिए । भूइँ ढलान तथा फलामे ट्रस प्रयोग गरेर निर्माण गरिएको हवन कुण्ड तोकिएको समयभन्दा चार दिनपछि ठेकेदार कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

    धार्मिकरुपले मात्र नभइ प्राकृतिकरुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै मन्दिर व्यवस्थापन समितिसमेत लागि परेको छ ।

    हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दाँयापट्टी नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाखा)समेत निर्माण गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ बाट निर्माण शुरु गरिएको अतिथिगृह शुरुमा सबै लगानी आयल निगमको हुने भनिएको थियो ।

    आयल निगमबाट दुई करोडमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड ९६ लाख बजेट विनियोजन गरेर अतिथिगृहको भौतिक संरचना निर्माण सम्पन्न गरिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । करिब पाँच करोड लगानीमा सम्पन्न हुने अतिथिगृहको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - २१:३७:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको