शुक्रवार, भाद्र २६ गते २०८३

पशुपतिनाथमा खोटाङ्गेको संयुक्त सन्ध्याकालीन आरती

पशुपतिनाथमा खोटाङ्गेको संयुक्त सन्ध्याकालीन आरती

रोदिक खबर

२६, श्रावण २०८१
  • 4.6K
    SHARES
  • पशुपतिनाथमा खोटाङ्गेको संयुक्त सन्ध्याकालीन आरती

    खोटाङ । खोटाङ-हलेसी सेवा समाज काठमाडौंले पशुपतिनाथमा सन्ध्याकालिन आरती गरेको छ । पितृ उद्धार एबं जिल्लाबासीको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै साउन २५ गते पशुपतिनाथ प्रांगणमा सन्ध्याकालिन आरती गरेको हो ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार समाजले पशुपतिनाथमा दैवीप्रकोप, कालगति एवम् अकालमा मृत्युवरण गरेका पितृहरूको चीर शान्ति एवं बैकुण्ठ बासको कामना गर्नुका साथै समग्र जिल्लाबासीहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्ने उद्देश्यले सन्ध्याकालीन आरती कार्यक्रमको आयोजना गरिएको खोटाङ–हलेसी सेवा समाजका सदस्य कुमारबाबु बस्नेत बताए। सन्ध्याकालिन आरतीका क्रममा खोटाङ्गेको उल्लेख्य सहभागीता रहेको थियो ।

    प्रकाशित मिति :श्रावण २६, २०८१ शनिवार - २२:२९:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको