२९ जना विद्यार्थीलाई निःशुल्क स्काउट पोशाक

२९ जना विद्यार्थीलाई निःशुल्क स्काउट पोशाक

रोदिक खबर

३२, श्रावण २०८१
  • 3.1K
    SHARES
  • २९ जना विद्यार्थीलाई निःशुल्क स्काउट पोशाक

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्काउट ट्रुप सरस्वती मावि दिक्तेलले विद्यार्थीलाई स्काउट पोशाक वितरण गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयका २९ जना छात्रछात्रालाई शुक्रवार ७६ हजार नौ सय चौहत्तर रुपैया बराबरको स्काउट पोशाक निःशुल्क वितरण गरेको हो ।

    पोशाक नेपाल स्काउट कोशी प्रदेश कार्यालय बिराटनगरको सिफारिसमा नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय काठमाडौंले उपलव्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सरस्वती मावि दिक्तेल स्काउटका स्काउट मास्टर दिनेश शाक्यले जानकारी दिए । छात्रलाई सर्ट, पेन्ट र छात्रालाई स्कट, सर्ट प्रदान गरिएको छ ।

    सानै उमेरबाट नै सामाजिक भावनाको विकास गरी अनुशासित, नैतिकवान र जिम्मेवार नागरिक बनाउन विभिन्न जीवनोपयोगी सीप सिकाउँदै विपदमा सहायता प्रदान गर्न सक्ने स्वयम्सेवक निर्माण गर्न स्काउट पोशाक वितरण गरिएको शाक्यले बताए ।

    शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग गरी अनुशासित, नैतिकवान र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने उद्देश्यले सरस्वती मावि दिक्तेलमा २०८० असोजदेखि स्काउट ‘ट्रुप’ गठन गरिएको होे । अन्तर्राष्ट्रिय संस्थाको रुपमा रहेको स्काउटले विद्यालय तहका विद्यार्थीलाई सामाजिक गतिविधि तथा सेवामा प्रेरित गर्दै आएको छ ।

    सोही विद्यालयका प्रधानाध्यपक शिवहरी ढकालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतको प्रमुख आतिथ्यताका भएको पोशाक वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सरस्वती माविका पूर्व प्रधानाध्यापक ध्यानबहादुर राई, वडा सदस्य गोमा विक, सरस्वती माविका शिक्षक अभिभावक संघका अध्यक्ष बलराम दाहाल, विव्यास सदस्यहरु, नेपाल स्काउट ट्रुपमा आवद्ध विद्यार्थीका अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १६:२९:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको