• ट्रेण्डिङ:

देशभरमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

देशभरमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

रोदिक खबर

१, आश्विन २०७७
  • 2.9K
    SHARES
  • देशभरमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ७३ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १२४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन्।

    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १६:३६:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको