खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडामा करिब छ करोड लगानीमा ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।
नेपाल आयल निगमको आधिकारिक बिक्रेताका रुपमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ सोमबारदेखि चौबीसै घण्टा खुला रहनेगरी सञ्चालन ल्याइएको हो ।
खोटाङ फ्युल सेन्टरको सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले रिबन काटेर तथा गाडीमा डिजल हालेर उद्घाटन गरेका हुन् ।
दिक्तेलका केशव थापा, कटारीका रामेश्वर बराल र ओखलढुंगाका सरोज श्रेष्ठको लगानीमा तयार भएको पम्पले २४ सै घण्टा डिजेल पेट्रोलको सेवा दिने जनाईएको छ।
बिजुली बत्ती नहुँदा पनि निरन्तर सेवा दिईनेछ। पम्पमा पेट्रोलको दुईवटा मेशिनबाट चारवटा नोजलमाफर्त र डिजेलको दुईवटा मेशिनबाट चारवटा नोजलमार्फत इन्धन भरिनेछ। इन्धन बचतका लागि ६० हजार लिटरको ट्याङकी रहेको छ।
इन्धन भर्ने बाहेक पम्पमा सुविधायुक्त शौचालय, महिला पुरुष अपाङमैत्री शौचालय, कफी सप, एयर हाउस, ग्यारेज तथा क्युआरको सुविधा रहेको छ ।
एटिएम केही समय पछि जडान गरिने जनाएको छ । एटिएम जडान गर्न बैंकसँग सहकार्य भईरहेको पम्पका सञ्चालक केशव थापाले बताए ।
फ्युल सेन्टरलाई नेपाल आयल निगमबाट भदौ १८ गतेदेखि पेट्रोलियम पदार्थको सप्लाई/आपूर्ति गर्न र सडक डिभिजन हर्कपुर ओखलढुंगाबाट साउन ९ गते पेट्रोल डिजेल फिलिङ स्टेशन राख्ने अनुमति प्राप्त भएको थियो।