शुक्रवार, भाद्र २६ गते २०८३

भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी भयो कांग्रेस

भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी भयो कांग्रेस

रोदिक खबर

२८, भाद्र २०८१
  • 6.1K
    SHARES
  • भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी भयो कांग्रेस

    खोटाङ  । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी  भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो ।

    राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।

    गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने शेखर समूहविना कांग्रेस कांग्रेस सरकारमा सहभागी भएको हो ।

    कोशीमा शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो । संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो । कांग्रेसबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने नेताहरुले बताएका छन् ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १०:३६:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको