शुक्रवार, भाद्र २६ गते २०८३

माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

रोदिक खबर

७, आश्विन २०८१
  • 2.0K
    SHARES
  • माछा मार्न गएका  युवा दुधकोशी नदीमा बेपत्ता

    खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा बेपत्ता भएका हुन् ।

    प्रत्यक्षदर्शीको भनाइ अनुसार माछा मार्न गएकाबेला नदीमा परेको चप्पल निकाल्न खोज्दा मगर नदीमै डुबेका हुन् । आइतबार मगर सहितको आठ जनाको समुह माछा मार्न दुधकोसी पुगेका थिए ।

    चिप्लिएर खुट्टाको चप्पल नदीले बगाउन थालेपछि अठ्याउन खोज्दा मगर नदीमै बगेर बेपत्ता बनेको मंगलटारका वडाध्यक्ष गन राईले बताए ।

    साविकको मंगलटार–८ डाँडागाउँका मगर असोज ६ गते साँझ ५ बजेतिर कुखुरेबेँसीबाट बेपत्ता बनेका हुन् । घटनापछि प्रहरी र स्थानीयको टोलीले नदी आसपासमा बेपत्ता युवाको खोजी गरिरहेको वडाध्यक्ष राईले बताए ।

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १९:४०:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको