बिहिवार, कार्तिक १३ गते २०८३

म्याद गुज्रेका उपभोग्यवस्तु जफत गरेर नष्ट

म्याद गुज्रेका उपभोग्यवस्तु जफत गरेर नष्ट

रोदिक खबर

२, आश्विन २०७७
  • 6.1K
    SHARES
  • म्याद गुज्रेका उपभोग्यवस्तु जफत गरेर नष्ट

    खोटाङ ।  खोटाङको जन्तेढुंगा गाउँपालिकाले म्याद गुज्रेका उपभोग्यवस्तु जफत गरेर नष्ट गरेको छ। नागरिकको स्वास्थ्यलाई ध्यान दिएर बुधबार गरिएको बजार अनुगमनकाक्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा फेला परेको म्याद गुज्रेका उपभोग्य सामग्री बिहीबार नष्ट गरिएको हो।  

    गाउँपालिकाका उपाध्यक्ष एबं गाउँपालिका उपभोक्ताहित संरक्षण समितिका संयोजक विमला राई नेतृत्वको अनुगमन समितिले चिसापानीबजारका विष्ट किराना स्टोर एण्ड सप्लायर्सबाट २४ वटा लिची जुस, धन किराना पसलबाट २२० वटा लिची जुस, रेबिका स्टोरबाट ९७ वटा रेडबुल, विवेक किराना स्टोरबाट ९६ वटा लिच्ची जुस र राम किराना पसलबाट १६ वटा डाबर टुथपेस्ट जफत गरेको थियो।  

    अनुगमन टोलीले निलम मेडिकल हलबाट रेनिटेडिन–१५० एमजीको २४ वटा ट्याब्लेट समेत बरामद गरेर उपभोग्यवस्तुसँगै नष्ट गरेको जनाएको छ। कोरोना महामारीकाबीच दशैं तिहारजस्ता चाडवाड नजिकिँदै गर्दा गाउँपालिकाले बजार अनुगमन गरेको हो।

    प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - १४:५५:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको