जिसस खोटाङले गर्‍यो उत्कृष्ट अंक ल्याउने स्थानीय तहलाई सम्मान

जिसस खोटाङले गर्‍यो उत्कृष्ट अंक ल्याउने स्थानीय तहलाई सम्मान

रोदिक खबर

११, आश्विन २०८१
  • 2.5K
    SHARES
  • जिसस खोटाङले गर्‍यो उत्कृष्ट अंक ल्याउने स्थानीय तहलाई सम्मान

    जिल्ला समन्वय समिति खोटाङले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङकनमा प्रथम, दोश्रो र तेश्रो हुने स्थानीय तहलाई सम्मान गरेको छ ।

    आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा प्रथम हुने हलेसी तुवाचुङ नगरपालिका, दोश्रो हुने दिप्रुङ चुईचुम्मा गाउँपालिका र तेश्रो हुने केपिलासगढी गाउँपालिकालाई सम्मान गरेको हो।

    संघीय, प्रदेश, स्थानीय तह र संघसंस्थाहरुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रमको समिक्षा र चालू आर्थिक वर्ष २०८१/०८२ को वार्षिक विकास कार्यक्रम प्रस्तुतीकरणमा सम्मान गरिएको हो।

    प्रतिकुल मौसमका कारण केपिलासगढी गाउँपालिकाबाट कोही पनि उपस्थित नभएकाले मिलाएर सम्मान पत्र प्रदान गरिने जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले बताए ।

    स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङकनमा ८२.५ अंक ल्याई जिल्लाभर दोश्रो तथा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा ६७.२५ अंक ल्याएको रावाबेशी गाउँपालिकालाई पनि तेश्रो स्थानमा सम्मान गरिएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनका लागि दशवटा सूचक राखेर अंकभार निर्धारण गरेको छ ।

    स्थानीय तहले गरेको स्वमूल्यांकनलाई जाँच गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिलाई हुने गर्दछ ।

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - २३:२४:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको