खोटाङमा टेवलटेनिस, बुद्धिचाल र बाघचाल प्रतियोगिता हुँदै

खोटाङमा टेवलटेनिस, बुद्धिचाल र बाघचाल प्रतियोगिता हुँदै

रोदिक खबर

१३, आश्विन २०८१
  • 2.1K
    SHARES
  • खोटाङमा टेवलटेनिस, बुद्धिचाल र बाघचाल प्रतियोगिता हुँदै

    खोटाङ । खोटाङको दिक्तेलमा जिल्ला स्तरीय बुद्धिचाल, बाघचाल र टेवलटेनिस प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा यहि असोज १९ गतेदेखि २१ गते सम्म दिक्तेलको माटिकोरेस्थित कर्वड हलमा जिल्ला स्तरीय टेवलटेनिस, बुद्धिचाल र बाघचाल प्रतियोगिता हुने पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईएको हो ।

    टेवलटेनिस, बुद्धिचाल र बाघचाल जस्ता खेलहरु लोप हुँदै गएकाले दशै, तिहार, छठ तथा नेपाल संवत पर्वको अवशर पारेर प्रतियोगता गर्न लागिएको नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष दिवासन राईले जानकारी दिए ।

    प्रतियोगितामा टेवलटेनिस तर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ३ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष राईले बताए ।

    यसैगरी, बुद्धिचाल (चेस) तर्फ प्रथम हुनेले ७ हजार ७७७, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले २ हजार २२२ रुपैया पाउनेछन् भने बाघचालतर्फ प्रथम हुनेले ५ हजार ५५५, दोस्रो हुनेले २ हजार २२२ र तेस्रो हुनेले १ हजार १११ रुपैया पाउनेछन् ।

    प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुले १९ गते १० बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने खेल संयोजक रणजंग राईले बताए ।

    खेल संयोजक राईका अनुसार टिम दर्ता शुल्क टेवलटेनिसका लागि सात सय र बुद्धिचाल तथा बाघचालका लागि पाँच/पाँच सय लाग्नेछ ।

    खेलमा सहभागी हुने खेलाडीले प्रत्यक्ष उपस्थित भएर वा मोवाइल नम्बर ९७६५७३८६९७, ९८४१२१८८६४, ९८६०२६४४२५ र ९७४२५३३९४३ मा सम्पर्क गरेर पनि खेलमा सहभागीको नाम दर्ता गर्न सकिने जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - २२:५१:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको