शुक्रवार, भाद्र २६ गते २०८३

बाढीले भत्काएको पुलको स्थलगत अनुगमनका लागि फोक्सिङटार जादै भौतिक पूर्वाधार मन्त्री राई

बाढीले भत्काएको पुलको स्थलगत अनुगमनका लागि फोक्सिङटार जादै भौतिक पूर्वाधार मन्त्री राई

रोदिक खबर

१७, आश्विन २०८१
  • 3.5K
    SHARES
  • बाढीले भत्काएको पुलको स्थलगत अनुगमनका लागि फोक्सिङटार जादै भौतिक पूर्वाधार मन्त्री राई

    खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई पुलको स्थलगत अनुगमनका लागि आज फोक्सिङटार जाँदै छन् । निरन्तर तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले पुलमा पु¥याएको भौतिक संरचनाको क्षतीको अवस्था बुझ्नका लागि मन्त्री राई बिहीवार बिहान बिराटनगरबाट फोक्सिङटारतर्फ हिडेको मन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए ।

    खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल असोज १२ गते आएको बाढीले बगाएको थियो ।

    खोटाङ्गे जनताको दैनिकीसँग जोडिएको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लाहरुसँगको सिधा यातायात सेवा विच्छेद भएको छ ।

    ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ चैत २३ गते सम्झौता गरेको ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल सम्पन्न गर्नका लागि सडकदेखि सदनसम्म चौतर्फी दबाब दिँदा उक्त पुल बन्न दश वर्ष लागेको थियो ।

    तर, दुई वर्ष पनि उपयोग गर्न नपाउँदै बाढीले बगाएपछि खोटाङ्गेको समस्या ज्यूँका–त्यूँ भएको छ ।

    पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा २२ करोड ६७ लाख ११ हजारको लागतमा २०७९ मा निर्माण गरिएको ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो थियो ।

    प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - ०८:५६:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको