खोटेहाङ गाउँपालिकाद्वारा शैक्षिक गतिविधि तथा प्रगतिका बारेमा समीक्षा

खोटेहाङ गाउँपालिकाद्वारा शैक्षिक गतिविधि तथा प्रगतिका बारेमा समीक्षा

रोदिक खबर

१८, आश्विन २०८१
  • 5.0K
    SHARES
  • खोटेहाङ गाउँपालिकाद्वारा शैक्षिक गतिविधि तथा प्रगतिका बारेमा समीक्षा

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले पालिकाभित्रको शैक्षिक गतिविधि तथा प्रगतिका बारेमा बिहीवार समीक्षा कार्यक्रम गरेको छ ।खोटेहाङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा गरिएको समिक्षा कार्यक्रममा गाउँशिक्षा समितिले गरेका महत्वपूर्ण शैक्षिक निर्णयहरुको कार्यान्वयनको अवश्था, अविरल वर्षातको कारण विद्यालयहरुमा पुगेको क्षति, विद्यालयहरुले गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार गरेको अर्धवार्षिक परीक्षा तथा एसइई पुरक परीक्षाको नतिजा विश्लेषण, विद्यालयका समसामयिक आर्थिक तथा प्रशासनिक विषयवस्तु वारेमा छलफल गरिएको शिक्षा शाखा प्रमुख राजकुमार खडकाले जानकारी दिए ।

    कार्यक्रममा नियमित विद्यालय अनुगमन तथा सुपरीवेक्षणको क्रममा गरिएका उपलव्धिमुलक कार्यहरु, विभिन्न विद्यालयहरुले अवलम्वन गरिरहेका राम्रा र अनुकरणीय पक्षहरु, विद्यालयमा रहेका केही कमीकमजोरीहरु, विद्यालयका विद्यमान समस्या तथा चुनौतिहरु र आगामी दिनमा शैक्षिक सुधारको लागि आ–आफ्नो क्षेत्रवाट गर्नुपर्ने कार्यहरुको वारेमा विद्यालय स्रोत निरीक्षक मानवहादुर खत्रीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    received_1569588733767078.jpegयस्तै, विद्यालयमा आर्थिक सुशासनको वारेमा प्रमुख प्रशासकीय अधिकृत महेश राई र विद्यालयका समस्या, गुनासो तथा अन्य समसामयिक विषयवस्तुमाथि उठेका सवालका विषयमा उपाध्यक्ष रुपेश राईले प्रष्ट पारेका थिए । गाउँपालिकाका उपाध्यक्ष राईले जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्षको मात्र भएपनि शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल लामो अवधि हुने भएकाले आफ्नो गाउँघरलाई शैक्षिक क्षेत्रकाे स्तरउन्नती बृद्धि गर्न योगदान  गर्ने कार्यमा शिक्षकहरु जिम्मेवार हुन आग्रह गरे ।

    विकासका विभिन्न आयामहरुमध्ये भौतिक विकास भन्दा  मानव विकास अझ महत्वपूर्ण भएकाले आफ्नो कार्यकालमा मानव विकासलाई अझ बढी जोड दिइने बताउदै उपाध्यक्ष राईले “शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्षीय क्षेत्रलाई समेटिने क्षेत्र भएकोले मानिसको चेतनास्तर बृद्धिदेखि वानी व्यवहार परिवर्तनमा  प्रभाव पार्ने भएकाले योजना निर्माणदेखि कार्यान्वयन हुँदै प्रतिफल प्राप्त गर्न गर्ने स्थानमा समेत शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति जिम्मेवार  रहेको उल्लेख गरे ।

    received_504416989142776.jpegगाउँपालिका अध्यक्ष उदिमवहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुली, सिम्पानी मावि सिम्पानीका प्रधानाध्यापक कोमलकृष्ण वुढाथोकी लगायत पालिकाभित्र रहेका ४९ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।

    received_1263270431759360.jpeg

    प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - १४:२१:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको