राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना

रोदिक खबर

२६, आश्विन २०८१
  • 1.9K
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना

    खोटाङ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

    शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

    “विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

    प्रकाशित मिति :आश्विन २६, २०८१ शनिवार - ०८:२२:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको