बिहिवार, कार्तिक १३ गते २०८३

हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागी, उद्घाटन गर्न मन्त्री आउँदै

हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागी, उद्घाटन गर्न मन्त्री आउँदै

रोदिक खबर

७, मंसिर २०८१
  • 2.3K
    SHARES
  • हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागी, उद्घाटन गर्न मन्त्री आउँदै

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगितामा १७ टिम सहभागि हुने भएका छन् । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा सहभागि हुन १७ टिमले नाम दर्ता गरेको बताइएको छ ।

    “मेरो गोल लैङ्गिक हिंसा विरूद्धको बोल” भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि १ लाख बढी रहेको छ । जिल्लामा आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि हालसम्मकै सर्वाधिक हो । खोटाङसँगै ओखलढुंगा र भोजपुरका टिमहरुले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए । खेल तालिका शुक्रबार सार्वजनिक हुनेछ ।

    प्रतियोगिता मङ्सिर ८ गते शनिबारबाट हलेसीस्थित बसाहथान खेलमैदानमा सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको लागि मन्त्री राई शुक्रबार नै हलेसी आइपुग्ने सचिवालयले जनाएको छ ।

    मङ्सिर ८ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १० हजार १११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टिमले ५५ हजार ५५५ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलिस्ट २ टिमलाई नगद २२ हजार २२२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन् ।

    यस्तै, विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिको म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको नगरप्रमुख राईको भनाइछ ।

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ०७:५१:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको