वडा कार्यालय भवनको उद्घाटन

वडा कार्यालय भवनको उद्घाटन

रोदिक खबर

७, मंसिर २०८१
  • 2.9K
    SHARES
  • वडा कार्यालय भवनको उद्घाटन

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका हुन् ।

    वडा कार्यालय भवन उद्घाटन गर्दै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री राईले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रुपमा सेवा सुविधा पाउने विश्वास व्यक्त गरे ।

    वडा कार्यालय भवन हलेसी तुवाचुङ नगरपालिकाको ८७ लाखको लागतमा निर्माण गरिएको नगरप्रमुख बिमला राईले बताइन् ।

    ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख राईले भनिन्, ‘त्यसैले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौं ।

    FB_IMG_1732288775377.jpgपक्की भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाह सहज भएको बताइएको छ ।

    कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिका सदस्य लोकेन्द्र राई, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत, नेपाली कांग्रेसका नेता मनोज तिम्सिना, नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाका सभापति चक्रकुमार राई, नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सभापति अमृत गिरी, नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्ट, नगरका विभिन्न वडाका वडाध्यक्ष, पूर्व गाविस अध्यक्ष जुद्ध पुलामी, पूर्व जिल्ला विकास समितिका सदस्य अकिल राई, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य अनिता राई लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - २१:०७:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको