जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रोदिक खबर

२९, मंसिर २०८१
  • 2.2K
    SHARES
  • जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    खोटाङ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । अस्पताललाई आवश्यक पर्ने विभिन्न उपकरण तथा औषधिसहति ३८ किसिमका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो । अस्पतालका लागि ६ लाख ७९ हजार १३ रुपैयाँको स्वास्थ्य सामाग्रीहरु लिएर कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राई शनिबार जिल्ला अस्पताल दिक्तेल आएका थिए ।

    उक्त स्वास्थ्य सामाग्रीहरु मन्त्री राईले अस्पताल प्राङ्गणमा जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत पुस्कल राईलाई हस्तान्तरण गरेका हुन् । मन्त्रालयबाट अस्पतालका लागि अन्य औषधि तथा उपकरणहरु पनि उपलब्ध गराउने मन्त्री राईले प्रतिवद्धता जनाएका छन् ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री राईसहित स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य लगायतको उपस्थिति मन्त्री राईका स्वकीय बाजिन्द्र बिष्टले जानकारी दिए ।

    a.jpega1.jpeg

    प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - १९:१९:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको